सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : वृषलाई लाभ हुँदा तपाईंको कस्तो छ ?

२०८१ माघ १८ गते शुक्रवार, ३१ जनवरी २०२५ । माघ शुक्लपक्ष द्वितीया तिथि, १६ः१० बजेपछि तृतीया । धनिष्ठा नक्षत्र, ७ः५९ बजेपछि शतभिषा । चन्द्रराशि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । कामको राम्रै मूल्यांकन हुनेछ । आम्दानीका विभिन्न स्रोत फेला पर्नेछ । लगानीतर्फ लागत बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । छोटो समयमै उचित कर्मफल प्राप्त हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पुराना कामको चर्चा हुनेछ र नयाँ अवसर पाइनेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ । काम रोकिनाले मन खिन्न रहनेछ । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । श्रम परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थिति केही असहज रहने समय छ । स्वास्थ्यका लागि आहार–विहारमा ध्यान दिनुपर्ला । विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले उपलब्धि हातलागी हुनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सोखले खर्च भने बढाउन सक्छ । औपचारिकता र उपहारमा पनि अधिक खर्च हुनेछ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

काम रोकिनाले लक्ष्यप्राप्ति नहुन सक्छ । अरूका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । अवसर प्राप्त भए पनि काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । संघर्षले कर्मयोग अघि बढ्नेछ । अध्ययनमा धेरै समय जुट्न नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । तर, फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ । बलजफ्तीले काम बिग्रन सक्छ । सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सहयोगीहरू जुट्नाले काम सजिलै सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार समेत हातलागी हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिन सक्छ, तापनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । किनमेलमा खर्च बढ्नेछ । कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउला । सावधानीले मात्र कार्यसिद्धि हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ । तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने समय छ । नियमित कामलाई निरन्तरता दिन सकिनेछ । हिसाबकिताबमा होसियार रहनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

साथीभाइ टाढा हुने समय रहेकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ । खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार ०६:३८

लोकप्रिय