२०८१ माघ १७ गते बिहीवार, ३० जनवरी २०२५ । माघ शुक्लपक्ष प्रतिपदा तिथि, १७ः४१ बजेपछि द्वितीया । श्रवण नक्षत्र, ८ः४३ बजेपछि धनिष्ठा । चन्द्रराशि मकर ।
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । समाजले पदीय दायित्व दिलाउन सक्छ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन् । काममा ठूलै व्यक्तिको सहयोग प्राप्त होला । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लोकप्रिय कामले ख्याति बढाउन सक्छ ।
धार्मिक कृत्य र परोपकारमा मन जानेछ । कम महत्त्वका काममा अल्झनुपर्दा योजना समयमा सम्पादन नहुन सक्छ । स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम रोकिएला । आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ । चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । सफलता भने न्यून मात्र हातलागी हुनेछ ।
अरूका काममा धेरै समय खर्चनुपर्ला । बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ ।
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथीसँग भेट हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्य आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । टाढिएका साथीभाइ पनि नजिकिनेछन् ।
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । द्वेष गर्नेहरू स्वयं परास्त हुनेछन् । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले निराश तुल्याउन सक्छ । अध्ययनमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।
बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला । हडबड गर्नाले काम बिग्रन सक्छ । साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला । असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि प्रतिकूल रहला । पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ ।
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।
मेहनतअनुसार अलि न्यून परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजा केही कमजोर रहनेछ । तापनि आम्दानी भइरहनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ । थोरै लगानीबाट पनि लाभ मिल्नेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अप्ठ्यारा परिस्थितिसमेत अनुकूल बन्दै जानेछन् । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ने हुन सक्छ ।
सुन्दर पहिरनमा मन रमाउनेछ । आगन्तुकहरूकोे उपहारले प्रसन्नता मिल्नेछ । कामले जीवनशैली व्यस्त रहनेछ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ । मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । पहिलेको सफलताले उत्साह जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने राम्रै उपलब्धि प्राप्त हुने समय छ । सानो प्रयासले नै काम बन्नेछ ।
बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि केही असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ ।
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं