अमेरिकाबाट अवैध आप्रवासीलाई घर फर्काउने डोनाल्ड ट्रम्प सरकारको प्रक्रियामा एक हजारभन्दा बढी नेपाली पनि परेका छन् । १३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने अमेरिकास्थित अध्यागमन कार्यालयले सूची सार्वजनिक गरेको छ ।
उक्त सूची अनुसार विश्वभरका १४ लाख ४५ हजार ५४९ जनालाई अमेरिकाबाट आ–आफ्नो देश पठाइँदैछ । जसअनुसार होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एलसाल्भाडोरका २ लाख ३ हजार ८२२, चीनका ३७ हजार ९०८, भारतका १७ हजार ९४० जनालगायत निष्कासनमा पर्दैछन् ।
कुन देशका कति ?
अमेरिकामा अवैध आप्रवासीलाई घर फर्काउने डोनाल्ड ट्रम्प सरकारले अभियान तीब्र पारेको छ । योसँगै विश्वभरका १४ लाख ४५ हजार ५४९ जनालाई अमेरिकाबाट आ–आफ्नो देश पठाइँदैछ । अमेरिकास्थित अध्यागमन कार्यालयले अवैध आप्रवासीलाई घर फर्काउने सूची सार्वजनिक गरेको छ ।
उक्त सूचीमा १३६५ जना नेपालीसहित होन्डुरसका २ लाख ६१ हजार ६५१ जना छन् । ग्वाटेमालाका २ लाख ५३ हजार ४१३ छन् भने मेक्सिकोका २ लाख ५२ हजार ४४ जना, एल साल्भाडोरका २ लाख ३ हजार ८२२, चीनका ३७ हजार ९०८, भारतका १७ हजार ९४० जना छन् । अफगानिस्तानका १ हजार ७०८ जना छन् भने अस्ट्रेलियाका २६१ जना छन् ।
सत्यपाटी