२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

विषादीरहित सात किलोको काउली उत्पादन

सत्यपाटीसत्यपाटी । भक्तपुर । २०८१ माघ १५ गते मंगलबार

विषादीको प्रयोग नगरी भक्तपुरका किसानले सात किलोको काउली फलाएका छन् । जिल्लाको सूर्य विनायक नगरपालिकामा जिल्ला कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि तथा घरेलु मेलामा कृषकले आफ्नो बारीमा उत्पादित सात किलोसम्मको काउली बिक्रीका लागि ल्याएका हुन् ।

जिल्लामा रहेका विभिन्न कृषिसँग सम्बन्धित सहकारी संस्थाले उत्पादन गरेको काउली, च्याउ, ब्रोकाउली, आलु, ताइचिन चिउरा, विभिन्न जातका दाल, मकैको खोस्टाका फूलहरू, काठका सामग्री र पश्मिनाका कपडा बिक्रीका लागि राखिएका संस्थाका अध्यक्ष सनिस लागेजुले जानकारी दिए । मेलामा कृषि उत्पादनमा उपभोक्ताको घुइँचो रहेको जानकारी दिँदै उनले कृषि सहकारीले कृषि तथा घरेलु उत्पादनबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याएको बताए ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मंगलबार