अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन् । मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीन वटा उडानबाट स्वदेश फर्किएका हुन् ।
वासिङ्टनले बिहीबार मेक्सिकोमा चार वटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सक्रेटरीले एक्समा उल्लेख गरे । मेक्सिको सरकारले उडानहरूको आगमन कुनै सम्झौताको पुष्टि गरेको छैन, तर मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना नागरिकको निर्वासनका विषयमा वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।
मेक्सिकोले ‘मेक्सिकोका नागरिकको आगमनलाई आफ्नो भूमिमा खुला हातले सधैँ स्वीकार गर्ने’ पनि बताएको छ । ह्वाइट हाउसले दुई दिनमा एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेका, सयौँलाई सैनिक विमानबाट देश निकाला गरिएको र ‘इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको’ बताएको छ ।
बिहीबार ५३८ जना अवैध आप्रवासी ‘अपराधी’ पक्राउ परेका छन् भने शुक्रबार ५९३ जना पक्राउ परेका छन् । ट्रम्पका पूर्ववर्ती जो बाइडेनको समयमा निर्वासन उडानहरू नियमित रूपमा सञ्चालन गरिएको थियो । सन् २०२४ मा कुल दुई लाख ७० हजार व्यक्तिलाई निर्वासित गरिएको थियो यो पछिल्लो एक दशकमा उच्च रेकर्ड हो । उक्त अवधिमा एक लाख १३ हजार ४०० व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं