२०८१ माघ ११ गते, शुक्रवार, २४ जनवरी २०२५ । माघ कृष्णपक्ष दशमी तिथि, १७ः१७ बजेपछि एकादशी । अनुराधा नक्षत्र । चन्द्रराशि वृश्चिक ।
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ । काममा धन र श्रम खर्चनुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ ।
समय लागे पनि काम बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । व्यापारमा आम्दानी बढाउन सकिनेछ ।
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नुपर्ला । निर्णय लिन अलमल गर्दा काममा पछि परिनेछ । छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ ।
मान्यजनसँग असमझदारी बढ्न सक्छ । विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ । अरूको सुझाव अप्रिय लाग्नेछ । आफूबाट गलत निर्णय हुनेछ । धोकामा परिएला । महत्त्वाकांक्षी योजना गोप्य राख्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग र मातृशक्तिको राय–सुझावबाट लाभ उठाउन सकिनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्नेछ ।
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ ।
आगन्तुकले अलमल्याउने हुँदा काममा बाधा हुनेछ । अरूको फाइदाका लागि उपयोग भइएला । गुनासो सुनाउँदा आफ्नो सूचना बाहिरिन सक्छ, सजग रहनुहोला । पहिलेका कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ । सावधानीले उपलब्धि जोगाउन सकिनेछ । स्वास्थ्यका लागि आहार–विहारमा ध्यान पुर्याउनुहोला ।
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर बन्नेछन् । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । तापनि पहिलेका कमजोरी सच्याउन सकिनेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना देखिन्छ ।
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम सम्पादन हुनेछ भने जिम्मेवारी समेत बढ्नेछ ।
विशेष अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिरिन सक्छन् । मिहिनेत गर्दा काम गर्न सकिनेछ । तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ । सावधानीले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ । तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ । स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला । उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ने हुन सक्छ ।
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला । परिस्थितिवश सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ । सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनुपर्ला । मिहिनेत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं