आइसीसी यू–१९ टी २० महिला विश्वकप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदा नेपाल जितिबिहिन बनेको हो । समूह डी मा रहेको नेपाल तीनै खेलमा पराजित भयो ।
मलेसियामा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको १४० रनको दिएको थियो । नेपालले ८ विकेट गुमाएर मात्रै ५६ रन बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर साना प्रवीनले ८ रन बनाउँदा सावित्री धामी ७ रनमा आउट भइन् । ज्योत्स्निका मरासिनी र कृष्मा गुरुङले खाता नै खोल्न सकेनन् । मरासिनी ९ बल र गुरुङले २ बलको सामना गरे । रचना चौधरी शून्य र रिया शर्मा १ रनमा नटआउट रहे ।
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार
सत्यपाटी