२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

किन बन्द भए नेपालगन्जका शैक्षिक संस्था ?

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ माघ ९ गते बुधबार

चिसो बढेपछि नेपालगन्जका सामुदायिक र संस्थागत विद्यालयले तीन दिन बिदा दिएका छन् । बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिएको स्पष्ट पारे । चिसो बढेपछि अभिभावकले पनि बिदाका लागि विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार