पश्चिम नेपालमा आज साँझबाट नयाँ मौसमी प्रणाली भित्रिँदैछ । पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय हुँदा त्यसको प्रभाव पश्चिम नेपालमा देखिनेछ । ‘आज साँझबाट पश्चिम नेपालमा नयाँ मौसमी प्रणाली भित्रिँदैछ, यसको प्रभाव देशभर पर्ने छैन,’ मौसमविद् गोविन्द झाले भने ।
मौसमविद् झाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ मौसमी प्रणाली सक्रिय हुँदा वर्षा र हिमपात हुनेछ । कर्णाली र सुदूरपश्चिममा बिहीबार वर्षा र हिमपात हुने उनको भनाइ छ । उनले भने, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिहीबार सामान्यदेखि हल्का वर्षा हुनेछ ।’
मौसमविद् झाका अनुसार ठूलो वर्षाको भने सम्भावना छैन । यसको प्रभाव लुम्बिनी र गण्डकी प्रदेशमा पनि पर्नेछ । यी दुई प्रदेशमा पानी नपरे पनि बदली भने हुनेछ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाडौं र यसबाट पूर्व भने नपर्ने उनले जानकारी दिए ।
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा गण्डकीदेखि सुदूरपश्चिमसम्मको तापक्रम भने घट्न सक्ने मौसमविद् झा बताउँछन् । विशेषगरी सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनी र गण्डकी प्रदेशमा थप चिसो बढ्ने सम्भावना रहेको उनले जानकारी दिए । प्रणाली कमजोर हुँदा यसको असर देशभर पर्ने छैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं