नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खजुरा गाउँपालिका कमिटीको अध्यक्ष पदका लागि पाँच जनाको नाम चर्चामा आएको छ । कमिटी चार जना पछि मनोनित हुने गरी ४५ सदस्यीय कमिटीको अध्यक्ष पदका लागि पाँच जनाको नाम चर्चामा आएको हो ।
स्रोतका अनुसार खजुरा गाउँपालिका कमिटी वर्तमान उपाध्यक्ष प्रदीप बिक, खजुरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष धनिराम वली, वडा नं. ५ वडाध्यक्ष गरिबे शेख, खजुरा गाउँपालिका वडा नं. ३ का पूर्व वडाध्यक्ष कान्तुराम गौतम र टंकप्रसाद पोखरेलको नाम चर्चामा छ ।
अध्यक्ष पदका लागि पाँच जनाको नाम चर्चामा रहे पनि सर्वसम्मत नेतृत्व चयन हुने नेकपा माओवादी केन्द्र बाँके स्रोतले जनाएको छ । योग्यता र क्षमताका आधारमा सबैले आ–आफ्नो दावी पेश गर्नु स्वभाविक भएको माओवादी केन्द्र बाँकेले जनाएको छ ।
स्रोतले भन्यो, ‘दावी राख्न पाइन्छ । चर्चामा रहेका भनिएका सबै कमरेडहरु योग्य पनि हुनुहुन्छ । त्यसैले पनि उहाँहरुको दावी जायजै छ । यद्यपी एक जना मात्रै अध्यक्ष चुन्नुपर्ने भएकाले सर्वसम्मतिका लागि उहाँहरुको भूमिका नै महत्वपूर्ण हुने हुँदा सर्वसम्मत नेतृत्व चयन हुन्छ ।’
खजुरा गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार बिकले माओवादी विधान अनुसार वडास्तरबाटै प्रतिनिधिहरु चुनिएर पालिका अधिवेशनमा सहभागी हुने ब्यवस्था रहेकाले समानुपातिक र समावेशी प्रतिनिधिहरुले स्वतन्त्रपूर्वक पालिका कमिटीको निर्वाचन गर्ने बताए ।
भोलिदेखि सुरु हुने गाउँपालिका अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । खबरदारी सभासमेत भनिएको पालिका अधिवेशनलाई सम्बोधन गर्न प्रचण्ड भोलि नै बाँके आउन लागेका छन् ।
गाउँपालिका अधिवेशन तथा खबरदारी सभामा अध्यक्ष प्रचण्डसँगै स्थायी समिति सदस्य कुलप्रसाद केसी ‘सोनाम’, चन्द्रप्रकाश खनाल ‘बलदेव’, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल लगायतका नेताहरु बाँके आउन लागेको माओवादी केन्द्र बाँकेले जनाएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड बाँके आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । गाउँपालिका अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्नुअघि अध्यक्ष प्रचण्ड विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुने जनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके