२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

रित्तो गाग्री बोकेर हर्क साम्पाङ्ग सिंहदरबार छिरेपछि…

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ माघ ८ गते मंगलबार

रित्तो गाग्री गेटमै प्रहरीलाई बुझाएर धरानका मेयर हर्क साम्पाङ्ग सिंहदरबार प्रवेश गरेका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै सोमबार रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए ।

उनले धरानमा पनि रित्तो गाग्री प्रदर्शन गरेका थिए । रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्न लागेका साम्पाङलाई प्रहरीले रोकेको थियो । त्यसपछि उनले गाग्री प्रहरीको जिम्मा लगाएर भित्र प्रवेश गरेका थिए । साम्पाङ्ग अहिले खानेपानी मन्त्रालय छिरेका छन् ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार