सूचनाको शक्ति - The Power Of Information

        

दुई प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा हल्का हिमपात हुन सक्ने जनाएको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

साथै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै, काठमाडौं उपत्यका तथा तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै, बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार ०८:०४

लोकप्रिय