२०८२ कात्तिक २८ , शुक्रबार 15, November 2025, Saturday

प्रेमिकाले धोका दिएको भन्दै आफ्नै शरीरमा आगो लगाएपछि…

सत्यपाटी
सत्यपाटी । मोरङ । २०८१ माघ ७ गते सोमबार

मोरङको उर्लाबारी नगरपालिका-६ मा प्रेमिकाले धोका दिएको आरोप लगाएर एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दमक नगरपालिका वडा नं. ७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

उर्लाबारी नगरपालिका-६ स्थित अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले बताए । थापाको विराट टिचिङ अस्पतालमा उपचार हुँदैछ ।

अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका-३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् । इन्द्रले आफूलाई धोक दिएको विनोदको आरोप छ । उनीहरू दुवैजना विवाहित हुन् । प्रहरीले इन्द्रलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार