सूचनाको शक्ति - The Power Of Information

        

महिला विश्वकप क्रिकेट : नेपाल र स्कटल्याण्ड भिड्दै

आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे मलेसियामा सुरु हुनेछ ।

विश्वकपमा डेब्यू गरेको नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बङ्गलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ति एउटा खेल जित्नुपर्छ । समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् । आजै हुने सोही समूहको पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेश भिड्ने छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ०८:१९

लोकप्रिय