हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी २७ वर्षीया भान भण्डारीले बाटोमै बच्चा जन्माएकी छन् । आइतबार बिहान सुत्केरी व्यथा लागेपछि गाउँमै रहेको स्वास्थ्य चौकीमा पुगेकी भण्डारीलाई जिल्ला अस्पतालमा रिफर गरेपछि बिच बाटोमै बच्चा जन्माएकी हुन् ।
रगत नियमित बगिरहेको र प्रेसर पनि कम छ भनी स्वास्थ्यचौकीले नसक्ने र आफूसँग थप उपकरण नभएका कारण जिल्ला अस्पतालमा लैजान भनेर रेफर गरेको थियो । ठेहे गाउँबाट सदरमुकाममा रहेको जिल्ला अस्पतालमा पैदलबाट तीन घण्टा लाग्छ ।
गाडीबाट एक घण्टा लाग्ने भएपनि केही दिनअघिको हिमपातले सिमकोट गाउँपालिका–३ को मन्की खोलामा बरफ जमेका कारण गाडी जान नसक्ने भएपछि स्टेचरमा बोकेर ल्याइएको थियो । छिटो उपचारका लागि स्वास्थ्य सेवा कार्यालयको एम्बुलेन्स समेत सिमकोट गाउँपालिका–४ को हेल्दुम खोलासम्म माग गरिएको थियो ।
तर भण्डारीले बाटोमै बच्चा जन्माएकी हुन् । गाउँबाट स्टेचरमा बोकेर साढे एक घण्टा हिडेपछि सिमकोट गाउँपालिका–३ बरगाउँको चुकेडी भन्ने स्थानमा बाटोमै भण्डारीले छोरीलाई जन्म दिएको आफन्त कृष्ण बोहराले जानकारी दिए । अहिले सुत्केरी आमा र शिशु दुवैको अवस्था राम्रो भएको र घर लैजाने तयारी भइरहेको उनले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । हुम्ला