बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु भएको छ । जिल्लाको कुसुम क्षेत्रबाट गोहीको गणना सुरु भएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिए ।
दुई सातासम्म हुने गणनाका लागि निकुञ्जका केही कर्मचारीसहित दुई जना ‘सामुदायिक वैज्ञानिक’ परिचालन भएको पङ्गेनीले बताए । राप्ती नदीको कुसुम, अगैया र शिवखोलासम्मको क्षेत्रमा घडियाल गोहीको बासस्थान भएको अनुमान छ ।
ती सबै क्षेत्रमा रहेका घडियाल गोहीको गणना हुने छ । गतवर्ष राप्ती नदीमा चितवनबाट ल्याइएका १४ वटा घडियाल गोही छाडिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके