सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा फेरि बन्द भयो टिकटक

संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द भएको छ । आइतबार बिहानदेखि अमेरिकाभर टिकटक बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक हटेको छ र गुगल प्लेस्टोर तथा एप्पल स्टोरमा एप्लिकेसन देखिएको छैन । टिकटकले एक सन्देश जारी गर्दै अमेरिकामा बन्द हुनुअघि आफैं अफलाइन भएको छ ।

अमेरिकी प्रयोगकर्ताहरूको लागि एपमा देखिएको एक सन्देशमा भनिएको छ टिकटक प्रतिबन्ध गर्ने कानून लागु भएको छ, जसको अर्थ ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न । हामी भाग्यशाली छौं कि राष्ट्रपति ट्रम्पले हामीलाई टिकटक पुनः बहाल गर्ने कार्यका लागि साथ दिने संकेत दिएका छन् ।

अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने बताएको थियो । त्यसविरूद्ध परेको मुद्दामा शुक्रबार अमेरिकी उच्च अदालतले सरकारको सोही निर्णयको सदर गरेपछि अमेरिकामा टिकटक बन्द भएको हो ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनसम्मको समय दिने भनेका थिए । उनले सोमबारदेखि राष्ट्रपतिको कार्यभार सम्हाल्दैछन् । यसअघि पनि अमेरिकामा टिकटक बन्द भएर पछि खुलेको थियो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतवार १५:३६

लोकप्रिय