२०८१ माघ ६ गते आइतवार, १९ जनवरी २०२५ । माघ कृष्णपक्ष पञ्चमी तिथि, ७ः१७ बजेपछि षष्ठी । उत्तरफाल्गुनी नक्षत्र, १७ः३५ बजेपछि हस्त । चन्द्रराशि कन्या ।
वादविवादले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । केही चुनौतीहरू देखिनेछन् । काममा सोचेको फाइदा उठाउन मुश्किल पर्नेछ । खर्चिलो काम गर्नुपर्ने देखिएकाले कर्जामार्फत धन जुटाउनुपर्ने हुन सक्छ । तत्काल फाइदा लिँदा पछिको लाभांश गुमाउनुपर्ला । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ ।
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि हासिल हुनाले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन् । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । प्रतिष्ठित व्यक्तिका माध्यमबाट काम बनाउन सकिनेछ । टाढिएका आफन्त नजिकिनेछन् । पुरानो सम्झौता भंग हुन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला ।
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । लेनदेनमा अलि होसियार रहनुहोला । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ ।
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउन सक्छ ।
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसर प्राप्त हुनेछ र सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुने समय छ । आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।
केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । टाढाका साथीभाइले काममा साथ दिनेछन् । सरसापटमा केही धन बाहिरिन सक्छ ।
पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ । व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ । साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट पनि विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।
समयमा निर्णय लिन नसक्दा पुरानै काम दोहोर्याउनुपर्ला । नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ । बेसुरमा काम गर्दा समस्या पर्नेछ । तापनि, लगनशीलताले काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । भविष्यका लागि भने कामको जग बसाउने मौका छ ।
श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । परिस्थिति अनुकूल हुनाले रोकिएको काम बन्न थाल्नेछ ।
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउन सक्छ ।
पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । विगतका कमजोरी सुधार गर्ने मौका छ । घरमा सुख र समृद्धिको आगमन हुनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न पनि सकिनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं