हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ देखि ८ वडाका ३३ घरधुरीलाई फाइवर सिरक सहयोग गरिएको छ । श्री सत्य साई केन्द्र हुम्लाले विपन्न परिवारलाई सिरक सहयोग गरिएको नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति वसन्त रोकायाले बताए ।
सर्केगाडको वडा नं. ८ को राहदेबमा दुई, वडा नं. ७ को रोडिकोडमा आगलागी पीडितलाई १९, वडा नं. ६ बराईमा दुई, वडा नं. ५ गोठीमा तीन, वडा नं. २ मा दुई, वडा नं. ३ उनापानी दुई, वडा नं. ४ मा तीन, वडा नं ८ मा दुई वटा सिरक वतरण गरिएको हो ।
अतिविपन्न, गरिब, आगलागीपीडितलाई सानो भएपनि सहयोग गरिएको उपसभापति रोकायाले बताए । यस्तै सिमकोट गाउँपालिकामा रहेका आगलागीपीडित, विपन्न, गरिबलाई पनि वितरण गरिने भएको रोकायाले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । हुम्ला