बाँकेको बैजनाथ गाउँपालिकाले पहिलोपटक पालिका गान र लोगो प्रचलनमा ल्याएको छ । यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक र भौगोलिक बनावट समावेश गरिएको पालिका गान र लोगो सार्वजनिक गरिएको हो । गत साउन ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिका गान र लोगो बनाउने निर्णय गरेको थियो ।
पालिकाको निर्णयलगत्तै पालिका गान र लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो । गाउँपालिकाले गरेको आह्वानमा पालिका गानका लागि नौं जना र लोगोका लागि चार जनाले प्रस्ताव पेश गरेका थिए । तीमध्येहरुबाट सबैभन्दा उत्कृष्ट गान र लोगो छनौट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए ।
पालिका गानका लागि आएका नौं वटा प्रस्तावमध्ये गाउँपालिकाले आचार्य दामोदर उपाध्यायद्धारा लिखित पालिका गान छनौट गरेको छ । बैजनाथ गाउँपालिकामा अध्ययनपनरत उपाध्याय कोहलपुुर निवासी हुन् । यस्तै, पालिकाको लोगोका लागि प्रस्ताव गरिएकामध्ये महेश अधिकारीद्धारा निर्मित लोगो छनौट गरिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए ।
अधिकारी बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ निवासी हुन् । अधिकारी हाल बैजनाथमा अस्थायी रुपमा बसोबास गर्दै आएका छन् । पालिका गान र लोगो सोमबार बसेको गाउँपालिका बैठकले स्वीकृत गरेको थियो । लगत्तै बसेको गाउँपालिकाको नियमित (हिउँदे) गाउँसभा १७ औँ अधिवेशनमा औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
पालिका गान गायक प्रताप दास र सपना शाहीले गाएका छन् । यसमा आचार्य दामोदर उपाध्याय शब्द र लय विनोद विश्वकर्माको रहेको छ । यससँगै अब बैजनाथ गाउँपालिकाभरी पालिका गान लागू गरिनेछ । बाँकेका जिल्लाका आठ स्थानीय तहमध्ये बैजनाथ गाउँपालिका पालिका गान र लोगो प्रचलनमा ल्याउने पहिलो पालिका बनेको छ ।
पालिका गान र लोगोले बैजनाथको प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक बनावटको पहिचान झल्किने गरी छनौट गरिएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए । पालिका गान र लोगोका लागि खुला प्रतिस्पर्धात्मक विधि अवलम्बन गरिएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए ।
उनका अनुसार लोगो डिजाइनकर्ता र पालिका गान रचनाकारलाई १७ औँ अधिवेशनमा सम्मान गरिएको छ । पालिका गान र लोगोमा गाउँपालिकाको प्राकृतिक,साँस्कृतिक ऐतिहासिक तथा विशिष्ट भौगोलिक पहिचान झल्किन्छ । गाउँपालिकाले १७ औँ अधिवेशनमा अवसरमा पालिका गानका रचनाकार आचार्य दामोदर उपाध्याय, पालिका गानकी गायिका सपना शाही र लोगो डिजाइनकर्ता महेश अधिकारीलाई प्रमाणपत्र दोसल्ला र नगद्सहित सम्मान गरेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके