मुगुको छायानाथ रारा नगरपालिकाका एक सुत्केरी आमालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । सुत्केरी आमाको पेटमा रहेको शिशुलाई सर्जरी गरेर निकाल्नपर्ने भएपछि सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
बुधबार रातिबाट सुत्केरी बेथा लागेपछि बिहीबार बिहान १० बजे जिल्ला अस्पतालमा सुत्केरी गराउन पुगेकी छायाँनाथ रारा नगरपालिका–१३ लुमा गाँउकी २५ वर्षीया ठुमा खड्कालाई जिल्लामा सुत्केरी गराउन नसकिने भएपछि सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
जिल्ला अस्पताल ठिनी मुगुमा आइसियु कक्षाको व्यवस्था नभएका कारण सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा लगिएको छ । जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार उद्धार गरिएकी महिलाको दुई वर्षअघि पनि सर्जरी गरेर बच्चा निकालिएको थियो ।
जिल्ला अस्पतालमा सुत्केरी र बच्चाको चेकजाँच गर्दा बच्चा पाठेघरमा उल्टो अवस्थामा रहेको र बच्चाले दिसा खाइसकेको हुनसक्ने भएकाले सर्जरी गरेर बच्चा निकाल्नपर्ने भएपछि रिफर गरिएको प्रमुख डाक्टर नगरकोटीले बताए । हिमपात भइरहेकै अवस्थामा हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पतालमा पुर्याउन सकिएकोमा उनका श्रीमान ३० वर्षीय राजबहादुर खड्का अब श्रीमतीको उपचार राम्रो हुने भयो भन्दै खुसी व्यक्त गरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मुगु