२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

रुखबाट खसेर महिलाको मृत्यु

सत्यपाटीसत्यपाटी । बाजुरा । २०८१ माघ ३ गते बिहीबार

बाजुरामा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीगङ्गा नगरपालिका–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको रुखबाट मृत्यु भएको हो । उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाँचिएर घटनास्थलमा मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु भएकी उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता रहेको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताएका छन् ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहीबार