२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

युद्धविराम र बन्धकहरूलाई रिहा गर्न इजरायल र हमासबीच सहमति

इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ । इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको छ ।

यो जानकारी युद्धविराम सम्झौतासँग सम्बन्धित जानकारी भएको बीबीसीले जनाएको छ । उनीहरूले कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको हमासका एक अधिकारीले जानकारी दिएका छन् ।

गाजामा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको थियो। हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक छन् । यद्यपि, इजरायलले यी बन्धकहरूमध्ये ६० जना मात्र बाँचेको विश्वास गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहीबार