देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो । ‘पश्चिम नेपालबाट हिजो साँझबाट नयाँ मौसमी प्रणाली भित्रिएको छ । जसका कारण आज वर्षा र हिमपातको सम्भावना छ,’ मौसमविद् गोविन्द झाले भने ।
पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल भित्रिएको हो । यो प्रणालीका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुनेछ । त्यसबाट पूर्व भने यो प्रणालीको प्रभाव पर्नेछैन । ‘गण्डकी प्रदेशदेखि पश्चिम सुदूरपश्चिम प्रदेशसम्म वर्षा र हिमपातको सम्भावना छ । तर ठूलो वर्षाको सम्भावना भने छैन,’ मौसमविद् झाले भने ।
उनका अनुसार आज रातिसम्म मात्रै यो प्रणालीको प्रभाव रहनेछ । भोलि बिहानबाट यो प्रणाली हटिसकेर मौमस सफा हुन सुरु हुनेछ । यो प्रणाली यसअघिका प्रणालीभन्दा कमजोर रहेको छ । यसअघि हिउँदे वर्षा गराउने प्रणालीभन्दा यो कमजोर रहेको हो । आज मात्रै भित्रिएको यो प्रणालीको प्रभाव पश्चिम नेपालमा मात्रै पर्नेछ ।
‘यसको प्रभाव पश्चिम नेपालमा मात्रै पर्नेछ,’ मौसमविद् सञ्जिव अधिकारी भन्छन्, “यसको असर मध्य र पूर्वी नेपालमा खासै पर्ने छैन ।’ पूर्वतर्फ धेरै सर्न नपाउँदै यो प्रणाली कमजोर भएर बाहिरिनेछ । मौसमविद् अधिकारीका अनुसार यो प्रणाली यसअघिका पश्चिमी न्यून चापीय प्रणालीभन्दा कमजोर हुनेछ । जसका कारण देशभर नफैलिँदै बाहिरिनेछ ।
बिहीबार सुदूरपश्चिम प्रदेशदेखि गण्डकी प्रदेशसम्मका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले हिमपातको पनि सम्भावना रहेको बताएको छ । यो प्रणालीको केही असर तापक्रममा देखिए पनि त्यसले ठूलो प्रभाव नपार्ने मौसमविद् अधिकारीको भनाइ छ । यो प्रणालीले न्यूनतम तापक्रममा ठूलो प्रभाव नपर्ने उनले प्रष्ट पारे ।
अब विस्तारै चिसो कम हुँदै जाने उनले बताए । ‘अब विस्तारै चिसो कम हुँदै जान्छ । ठूलो प्रणाली नभित्रिएको अवस्थामा अब तापक्रम बढ्दै जाने हो,’ मौसमविद् अधिकारी भन्छन्, ‘जनवरी १५ बाट तापक्रम बढ्दै जान्छ । त्यसैले अब चिसो कम हुने र तातो बढ्दै जाने हो । त्यसैले न्यूनतम तापक्रम अहिलेको भन्दा न्यून हुने सम्भावना कम छ । यो वर्ष हालसम्मको न्यूनतम तापक्रमभन्दा कम हुने सम्भावना कम हुन्छ ।’
यद्यपि, हुँदैन नै भन्न भने नसकिने मौसमविद्हरू बताउँछन् । विगत वर्षहरूको तथ्यांक विश्लेषण गर्दा पनि जनवरी १५ बाट तापक्रम बढ्दै गएको देखिने उनी बताउँछन् । त्यसैले अब क्रमिक रूपमा तापक्रम बढ्ने उनको भनाइ छ । जनवरीको पहिलो हप्ता भने औसतमा वर्षकै सबैभन्दा चिसो समय मानिन्छ । काठमाडौंमा यो वर्ष हालसम्मको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको थियो ।
मंसिर २९ गते काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस थियो । डिसेम्बर र जनवरी न्यूनतम तापक्रम घटबढ भइरहने महिना हो । काठमाडौंमा आज मौसम बदली हुनेछ । तर वर्षाको सम्भावना नरहेको मौसमविद् झाको भनाइ छ । बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म रहनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं