प्रहरी उपरीक्षक प्रमुख रहने चार जिल्लामा प्रहरी प्रमुख पद रिक्त भएको छ । सोमबार २५ प्रहरी उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस हुँदा चार जिल्लामा प्रमुख रहेकाहरू बढुवा सिफारिसमा परेपछि खाली भएको हो ।
एसएसपी बढुवा सिफारिसमा बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्का, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्का, नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला र इलाम प्रहरी प्रमुख एसपी प्रभु ढकाल परेका छन् । उनीहरू एसएसपीमा बढुवा सिफारिस भएसँगै ती जिल्लामा नयाँ एसपी पठाउने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ ।
ती बाहेक पर्सा, रुपन्देही, बाँके, गोरखा, काभ्रे, कंचनपुर, झापा, बागलुङ, कैलाली, डोटी, गुल्मी, मोरङ, सुर्खेत लगायत जिल्लामा प्रमुख रहेका एसपीहरूको एक बर्ष समयावधि पुगेकाले नयाँ पठाउने तयारी रहेको प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवर निकट स्रोतले बतायो । प्रहरीमा पर्सा, बारा, रुपन्देही, बाँके, काभ्रे, झापा, मोरङ, कैलाली, कंचनपुरको नेतृत्व आकर्षक मानिन्छ । यी जिल्लामा जानको एसपीहरू कोसिस गरिरहेका प्रहरी मुख्यालय स्रेतले जानकारी दियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं