शिक्षक सेवा आयोगले ठूलो संख्यामा माध्यमिक तहका लागि शिक्षक माग गरेको छ । आज (आइतबार) सूचना जारी गर्दै आयोगले ३६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।
एक महिने म्याद राखेर विभिन्न विषयको माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त खुला गरिएको आयोगले जनाएको छ ।
तोकिएको न्यूनतम गोग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाइन प्रणालीबाट दरखास्त दिनसकिने विज्ञापनमा उल्लेख छ ।
हेर्नुहोस् विज्ञापन :

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार