सूचनाको शक्ति - The Power Of Information

        

सर्वसाधारणका लागि खुला ‘वीरेन्द्र विश्राम बाटिका’

कैलालीको टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ । टीकापुर नगरपालिकाको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगर प्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क रु २० राख्ने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘उद्यान घुम्न आउने अधिकांशले तत्कालीन राजा वीरेन्द्र बसेको घर कस्तो छ भनी हेर्न इच्छुक व्यक्त गर्ने भएकाले बाटिका सर्वसाधारणको अवलोकनका लागि आगामी माघ महिनादेखि खुला गर्न लागेका हौँ ।’ विसं २०४३ मा बनेको वीरेन्द्र विश्राम बाटिकामा १२ कोठा छन् । तत्कालीन समयमा तत्कालीन राजा वीरेन्द्र बेला बेलामा टीकापुर आउँदा यही बाटिकामा बस्ने गरेको बताइन्छ ।

प्रकाशित मिति : २८ पुष २०८१, आइतवार ०८:०९

लोकप्रिय