ह्वाइट हाउसमा पहिलो अपराधी बन्नबाट जोगिन अमेरिकी राष्ट्रपति निर्वाचितको अन्तिम प्रयासका बावजुद एक न्यायाधीशले शुक्रबार डोनाल्ड ट्रम्पलाई पोर्न स्टारलाई दिइएको गुप्त रकम लुकाएको मुद्दामा बिना शर्त रिहाइको फैसला सुनाएका छन् ।
सन् २०२४ मे महिनामा दोषी ठहर गरिएको व्यावसायिक रेकर्ड जालसाजीका ३४ मुद्दामा जेल सजायको सम्भावना भए पनि न्यायाधीशले ट्रम्पलाई जेल वा जरिवानाबाट मुक्त गरेका छन् । यसको सट्टा न्युयोर्कका न्यायाधीश जुआन मर्चनले उपलब्ध सबैभन्दा हल्का फौजदारी सजाय बिना शर्त रिहाइ दिए । यो तुलनात्मक रूपमा दुर्लभ उपाय हो ।
‘यस अदालतलाई पहिले कहिल्यै यस्तो अद्वितीय र उल्लेखनीय परिस्थितिको साथ प्रस्तुत गरिएको थिएन,’ न्यायाधीश मर्चनले भने, ‘मुलुकको सर्वोच्च पदमा हस्तक्षेप नगरी दोषी ठहर गर्न अनुमति दिने एकमात्र कानूनी सजाय बिना शर्त रिहाइ हो ।’ ट्रम्प भर्चुअल रूपमा आफ्नो सजाय सुनुवाइमा उपस्थित भएका थिए ।
न्यायाधीश, वकिल र मिडियाले म्यानहट्टनको अदालत कक्षमा खचाखच भरिएका थिए, जुन विभाजनकारी रिपब्लिकनद्वारा मुद्दाको उच्च नाटक, कानूनी झगडा र कटु व्यक्तिगत आक्रमणको पृष्ठभूमि थियो । ‘यो निकै डरलाग्दो अनुभव भएको छ । मलाई लाग्छ यो न्युयोर्क र न्युयोर्कको अदालत प्रणालीका लागि ठूलो धक्का हो,’ आरोपमुक्त हुनुअघि ट्रम्पले भने, ‘मैले चुनाव हारौं भन्ने अभिप्रायले यो मेरो प्रतिष्ठालाई हानि पुर्याउनका लागि गरिएको थियो ।’
पूर्वराष्ट्रपति आफ्नो पछाडि दुईवटा ठूला अमेरिकी झण्डा लिएर अदालत कक्षमा पर्दामा देखा परे । सेतो धर्काहरू भएको रातो टाई लगाउनुभएको थियो र छोटो कार्यवाही चलिरहँदा अधीर भएर हेरिरहेका थिए । सजाय सुनाउनुअघि अभियोजक जोशुआ स्टिनग्लासले ट्रम्पलाई ‘पूर्वनियोजित र निरन्तर छल’ गरेको अभियोगमा दोषी ठहर गरिएको बताए । ‘यस मुद्दामा फैसला सर्वसम्मत र निर्णायक थियो र यसको सम्मान गरिनुपर्छ,’ उनले भने ।
सुनुवाइमा ट्रम्पलाई साक्षीहरूको शृङ्खलाले बयान दिएको हेर्न बाध्य पारियो । उनीहरूले ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टोर्मी ड्यानियल्सलाई उनीहरूको यौन सम्बन्ध सार्वजनिक नगर्न दिइएको गैरकानूनी भुक्तानी धोखापूर्ण ढङ्गले लुकाएको बताए । अन्ततः ट्रम्पले सन् २०१६ को निर्वाचन जिने ।
न्युयोर्क राज्यको अपिल अदालतले सुनुवाइमा ढिलाइ गर्ने उनको प्रयासलाई खारेज गरेपछि ट्रम्पले फौजदारी कार्यवाही निलम्बनको माग गरेका थिए । तर सर्वोच्च अदालतले सजाय सुनुवाइअघि बढ्न सक्ने फैसला गर्यो । अभियोजकहरूले ट्रम्पसँग न्युयोर्कमा अपिल गर्ने मार्गहरू बाँकी हुँदा सर्वोच्च अदालतले मुद्दा सुन्नु गलत भएको तर्क गर्दै दोस्रो कार्यकालको सपथग्रहण हुन १० दिन बाँकी छँदै सजाय रोक्ने प्रयासको विरोध गरे ।
बिना शर्त रिहाइ कुनै दण्ड वा प्रतिबन्ध नभएको उपाय हो । यसले जुरीको दोषी निर्णयलाई समर्थन गर्दछ र यो कुनै अपराधका लागि दोषी ठहर भएका पहिलो पूर्वराष्ट्रपतिका रूपमा ट्रम्पको बदनामी हो । ७८ वर्षीय ट्रम्पलाई सम्भावित रूपमा चार वर्षसम्म जेल सजाय हुन सक्थ्यो । ‘उहाँ न्यायाधीश, जुरी, न्याय प्रणालीलाई माझ औँला देखाउँदै हुनुहुन्छ र हाँस्दै हुनुहुन्छ,’ सजाय सुनाउनुअघि पेस विश्वविद्यालयका कानून प्राध्यापक तथा पूर्व अभियोजक बेनेट गर्शमनले भने ।
अदालत बाहिर ट्रम्प समर्थकहरूले आफ्नो आदर्श व्यक्तिको नाम अङ्कित विशाल ब्यानर बोकेका थिए र यसलाई तेज हावाले हल्लाइरहेको थियो । ‘ट्रम्प दोषी हुनुहुन्छ,’ लेखिएको होर्डिङको पछाडि ट्रम्प विरोधी प्रदर्शनकारीहरूको सानो धर्ना पनि थियो । ट्रम्पका वकिलले रिपब्लिकनले आफ्नो सजायलाई अपिल गर्दा सजाय स्थगित गर्नुपर्ने तर्क गरेका थिए, तर न्युयोर्क राज्यका सहयोगी न्यायाधीश एलेन गेस्मरले मङ्गलबार यसलाई अस्वीकार गरे । ट्रम्पले बारम्बार अभियोजनलाई ‘विच हन्ट’ भन्नुभएको थियो ।
यसलाई स्टिनग्लासले ‘डरलाग्दो प्रभाव पार्न डिजाइन गरिएको,’ बताए । ‘यी प्रतिवादीले आपराधिक न्याय प्रणालीको बारेमा जनताको धारणालाई स्थायी क्षति पुर्याएको छ,’ करियर अभियोजकले भने । ट्रम्पका वकिल टोड ब्लान्चेले भने, ‘म (अभियोजन पक्ष)ले भर्खरै भनेका धेरै कुराहरूसँग धेरै असहमत छु ।’ सन् २०२० को हारलाई उल्ट्याउन खोज्ने क्रममा आफ्ना समर्थकहरूले युएस क्यापिटलमा दङ्गा गरेको चार वर्षपछि सोमबार ट्रम्पलाई सन् २०२४ को राष्ट्रपतीय चुनावको विजेताका रूपमा प्रमाणित गरिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । न्यूयोर्क