२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

युके पठाइदिन्छु भनेर साढे ३१ लाख ठग्ने समातिए

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ पुस २६ गते शुक्रबार

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

रामकृष्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति : २०८१ पुस २६ गते शुक्रबार