पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार ८४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको हो ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार साउनदेखि मंसिरसम्म पक्राउ परेकोमा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार ५९४ प्रतिवादी रहेका जानकारी दिए । काठमाडौं उपत्यकाबाट एक हजार २५३ जना प्रतिवादी पक्राउ परेका छन् ।
कोशीबाट ७३५, बागमतीबाट २६५, गण्डकीबाट ५०६, लुम्बिनीबाट एक हजार ३५, कणालीबाट १६९ र सुदूरपश्चिम प्रदेशबाट २३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए । केन्द्रीय अनुसन्धान ब्युरोले ५४ जनालाई पक्राउ गरेको छ ।
उनीहरूबाट ४३ करोड ५ लाख ४२ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । उनीहरूबाट कुल कैद एक हजार ९६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । प्रहरीले चालु आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरेको हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं