सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान साढे ७ बजे भर्जिनियाको स्यान्टिल्लीमा रहेको विन्डम होटेल परिसरको पोखरीमा कार खसेको थियो ।

उक्त कारमा रहेका दुई नेपालीको मृत्यु भएको एनबीसी वाशिङ्गटन डटकमले जनाएको छ । मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्ट छन् । १० फिट जमेको पानीमा उनीहरू डुबेको समाचारमा उल्लेख छ ।

उद्धारका लागि पोखरीमा प्रहरी पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो । ‘यो सानो सजावटी पोखरी हो । वास्तवमै यसमा डुबेर मृत्यु हुन्छ जस्तो लाग्दैन,’ उद्धार प्रयासको प्रत्यक्षदर्शी बोनी गोल्डेनले भनेका छन्, ‘कहाँ मृत्यु हुन्छ भनेर सोच्दा पनि डरलाग्दो छ ।’ खड्का सोही होटेलमा हाउस किपिङमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार ०८:५५

लोकप्रिय