भारतमा एक चोरको अनौठो काम सार्वजनिक भएको छ, जसबारेमा थाहा पाएर प्रहरीसमेत छक्क परेको छ । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि यो बिषय बाहिर आएको हो । खासमा उनको फ्ल्याटमा एक व्यक्ति चोरी गर्न आएका थिए तर ती चोरले जे हर्कत गरे, त्यो लज्जाको बिषय थियो । त्यसपछि महिलाले प्रहरीमा उजुरी गरेकी हुन् ।
चोरले उनीसँग नगद, गरगहना, महंगा सामान मागेको थियो, जब उनले चोरलाई रंगेहात फेला पारेकी थिइन् तर उनीसँग यीमध्ये कुनै पनि चिजहरू त्यतिबेला थिएन । त्यसपछि चोरले उनले उनलाई चुम्बन गरेर भागेका थिए । प्रहरीले महिलाको उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरी कारबाहीसमेत गरिसकेको छ ।
आरोपित चोरमाथि लुटपाट र जबरजस्ती करणी प्रयासको आरोप लगाइएको थियो । यो चर्चाको विषय बनेको छ । मिडिया रिपोर्टका अनुसार घटना ३ जनवरीको हो । पीडित महिला मलाडको कुरार क्षेत्रमा बस्छिन् । प्रहरीमा दिएको उजुरीमा पीडित महिलाले आफू घरमा एक्लै भएको बेला ती घरभित्र पसेको र भित्रबाट ढोका बन्द गरेर नगद, गरगहना र महंगा सामान मागेको थियो ।
चक्कु देखाउँदै सामान मागेपछि उनी डराएकी थिइन् । अहिले आफुसँग केही नभएको भन्दै युवकलाई सोधिन्, ‘ती सामान मसँग छैनन्, भन अब तिमीलाई के दिउँ ?’ ती व्यक्तिले घरमा भएका नगद, गहना, क्रेडिट वा डेबिट कार्डहरू चुपचाप सुम्पिदिनु नत्र नराम्रो हुन्छ भनेर धम्की दिइरहेका थिए । तर, ती महिलाले पुरुषलाई भनिन् कि चोरले मागेका कुनै पनि सामान यतिखेर यहाँ छैन । उनले सो तर्क गरिरहिन तर ती पुरुष चोर अचानक नजिक आए र उनलाई चुम्बन गर्न थाले ।
त्यसबेला ती महिलाले आफूलाई चोरबाट छुटाउन धेरै प्रयास गरिन् तर उनी उनको चंगुलबाट उम्कन सकिनन् । ती चोरले उनलाई लामो समयसम्म चुम्बन गरिरहे, अश्लिल कार्यसमेत गरेर झ्यालबाट हाम्फालेर भागेका थिए । आफूलाई नियन्त्रणमा लिएर चोरले हिंसा गरेको श्रीमानलाई फोन गरेको ती महिलाले बताइन् । त्यसपछि ती पीडित महिला श्रीमानसहित उजुरी लिएर स्थानिय प्रहरी चौकी पुगिन् ।
प्रहरीले उनको उजुरी लियो र चोरविरूद्ध भारतीय न्याय संहिता (बीएनएस) अन्तर्गत मुद्दासमेत दर्ता गरियो । उजुरीका आधारमा प्रहरीले चोरलाई समातेको पनि थियो । ती चोर गत डिसेम्बर ३ तारिखको साँझ पक्राउ गरेको हो । सोधपुछमा आरोपीले आफू मलाड क्षेत्रको बासिन्दा भएको बताए । अहिले उनी बेरोजगार भएर परिवारसँग बस्दै आएका खुलेको थियो । त्यो चोरको कुनै पनि आपराधिक रेकर्ड प्रहरीले फेला पारेन । त्यसैले प्रहरीले सूचना दिएर अहिले ती चोरलाई रिहा गरिदिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मुम्बई