पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सवारी साधन आवागमन अवरुद्ध भएको छ । बाक्लो हुस्सु र कुहिरो लागेकाले सवारी आवागमन अवरुद्ध भएको डीएसपी सुरज कार्कीले जानकारी दिए ।
‘आज पनि मौसम हिजोको जस्तै नै छ । बाक्लो हुस्सु र कुहिरो लागेकाले सडक चिप्लो हुँदा सवारी चल्न सकेका छैनन्,’ कार्कीले भने । मंगलबार रातिदेखिनै सवारी आवागमन प्रभावित भएको छ । बुधबार घाम लागेपछि एकतर्फी सवारी चलेका थिए । गएरातिदेखि पुनः सवारी अवरुद्ध भएको छ ।
बाक्लो हुस्सु र कुहिरोबाट चुहिएको पानीले सडक भिजेर चिप्लो हुँदा सवारी आवगमन प्रभावित भएको हो । कच्ची सडक हिलाम्मे हुँदा सवारी चल्न नसकेका हुन् । तराईका अधिकांश भू-भागमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भू–भागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं