सूचनाको शक्ति - The Power Of Information

        

अहिराजले ४६ औँ पटक रक्तदान

मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले ४६ औँ पटक रक्तदान गरेका छन् । काठमाडौँको प्रदर्शनी मार्गस्थित ब्लड बैंकको केन्द्रीय कार्यालयमा आज ४६ औँ पटक रक्तदान गरेको अहिराजले बताएका हुन् ।

मुलुकमा पहिलो मधेस आन्दोलन पूर्ण उचाइमा रहँदाको समय आन्दोलनकारी घाइतेलाई रक्तदान गरी सुरु गरिएको रक्तदानलाई हालसम्म निरन्तरता दिएको अहिराजले बताए ।

यस्तो महान कार्यमा मुलुकभरका हरेक जनप्रतिनिधिलाई रक्तदान गर्न आग्रह गरेका छन् । जनताका प्रतिनिधिले रक्तदान गर्दा समाजमा सकरात्मक प्रभाव पर्ने र नयाँ सिकाइको आरम्भ गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार १५:५७

लोकप्रिय