सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पबाट तिब्बतमा ३२ जनाको मृत्यु, सिन्धुपाल्चोकमा केही भौतिक क्षति

नेपाल–तिब्बत सीमा नजिकै आज बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पले तिब्बतमा मानवीय क्षति भएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार हालसम्म ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भूकम्पमा परी ३८ जना घाइते भएका छन् भने सयौं घर भत्किएका छन् । भूकम्पको केन्द्र नेपाल नजिकै सिगात्से हो । भूकम्पको धक्का पूर्वी नेपाल, मधेश र काठमाडौं उपत्यकामा समेत केहीबेर महसुस गरिएको थियो ।

पूर्वमा अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन तर सिन्धुपाल्चोकमा केही क्षति भएको समाचार छ । सिन्धुपाल्चोकमा फुल्पिङकट्टीमा एउटा प्रहरी भवनमा क्षति पुगेको छ । अन्य स्थानमा केही निजी घर भत्किएका बताइएको छ ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार ११:३८

लोकप्रिय