सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवासँग विवाद भएपछि तनाव सिर्जना भएपछि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चेकिङका क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नु पर्ने अवस्था सिर्जना भएको सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए । सोही क्रममा रामनगर गाउँपालिका–५ वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए ।
आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोटसमेत लागेको सिंहले बताए । यादवको उपचार जनकपुर न्युरो अस्पतालमा भइरहेको छ । त्यसपछि स्थिति नियन्त्रण लिने क्रममा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको हो । यता वडाध्यक्ष श्रीनन्दन प्रसाद यादव भने प्रहरी चेकिङलाई अवरोध गर्न खोजेको कुरा सत्य नभएको बताएका छन् ।
उनले भने, ‘प्रहरीले चेकिङ गर्ने ठाउँ नजिक चिनी मिल भएकाले धेरै सवारी साधन रोक्दा मानिसलाई आउजाउ गर्न असहज भएकाले सामान्य कारबाही गरेर छोडिदिन अनुरोध गर्दा प्रहरीले नमानेकाले केही व्यक्तिसँग भनाभन भएको हो । तर आफूले प्रहरीमाथि आक्रमण गर्न भनेको होइन ।’ उनले नागरिकको सहजताको लागि कुरा भने मिलाउन खोजेको बताए ।
यसबारे गाउँपालिकाका अध्यक्ष राजा बाबु यादव भने अनविज्ञ छन् । गाउँपालिकाले भने पालिकाभित्र त्यस्तो घटना केही नभएको बताए । उनले भने, ‘सामान्य भनाभन भएको होला, यसको बारेमा सिडिओ साबले फोन गर्नुभएको थियो, केहीबेरमा छलफल गरेर समस्या भए समाधान गर्नतर्फ लाग्छौँ ।’ प्रहरीका अनुसार अहिले झडपको बारेमा अनुसन्धान जारी छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सर्लाही