बैतडीमा १५ वर्षीया किशोरीले जुम्ल्याहा सन्तान जन्माएकी छिन् । जिल्लाको पाटन नगरपालिका–९ किचार बस्ने दिपा लावडले १५ वर्षकै उमेरमा डडेल्धुरा अस्पतालमा दुई जुम्ल्याहा छोरालाई जन्म दिएकी हुन् ।
१४ वर्षको उमेरमा बालविवाह गरेकी दिपाले कलिलो उमेरमै बच्चा पाएकी हुन् । उनका श्रीमान १८ वर्षका छन् । पढ्ने तथा खेल्ने उमेरमै दिपा लावडले अब बच्चा हुर्काउने भएकी छिन् । तर आर्थिक अवस्था कमजोर भएका कारण जुम्ल्याहा सन्तान कसरी हुर्काउने भनेर दिपा लावडमा कलिलो उमेरमै चिन्ता थपिएको छ ।
काठमाडौँ महानगरपालिका–१४ कलंकी घर भएका समाजसेवी सहदेवप्रसाद सापकोटाले लावडको परिवारलाई न्यानो लुगा, खाद्यान्नका सामग्री र नगद १० हजार रुपैयाँ सहयोग गरेका छन् । संगम पब्लिकेशनका प्रबन्ध निर्देशक समेत रहेका सापकोटाले सुदूरपश्चिमका दर्जनौँ परिवारलाई सहयोग उपलब्ध गराइसकेका छन् ।
पाटन नगरपालिका–९ का सामुदायिक मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट, वडा नं ८ का मनोसामाजिक कार्यकर्ता भुवी बिष्ट र जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्रका मामला व्यवस्थापक माया भट्ट सहितको टोलीले सो रकमसहित न्यानो लुगा र खाद्यान्नको सामान शनिबार दिपाको घरमै पुगेर हस्तान्तरण गरेका हुन् । यसअघि पनि सापकोटा आफूले सहयोग उपलब्ध गराएको परिवारको अवस्था बुझ्न बैतडी पुगेका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बैतडी