यस वर्ष धानको उत्पादन बढे पनि चामलको आयात भने कम हुुन सकेको छैन । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष मुुलुकभर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत आवको तुलनामा चार प्रतिशतले बढी हो ।
धानको उत्पादन बढ्दा पनि धान र चामल दुवैको आयात पनि बढेको छ । चालुु आव २०८१–०८२ को पाँच महिनामा करिब सात अर्ब रुपियाँ बराबरको चामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुुसार चालुु आवको साउनदेखि मङ्सिरसम्म छ अर्ब ७३ करोड १५ लाख ८२ हजार रुपैयाँ बराबरको ७९ हजार ४११ मेट्रिक टन चामल आयात भएको छ ।
त्यस्तै सोही अवधिमा छ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ बराबरको एक लाख ६३ हजार ७०१ मेट्रिक टन धान आयात भएको छ । मुलुकमा माग अनुुसार धानको उत्पादन नहुुँदा बर्सेनि अर्बौं रुपैयाँ बराबरको चामल र धान भारतसँगै अन्य मुलुकबाट आयात भइरहेको तथ्याङ्कले देखाएको छ ।
खेती गर्ने जनशक्ति वैदेशिक रोजगारीमा जाँदा गाउँमा अधिकांश जग्गा जमिनहरू बाँझै हुुन थालेका छन् । नेपाल चामल, तेल, दाल उद्योग सङ्घका अध्यक्ष कुुुमुुद दुुगडले स्थानीय उत्पादनले माग धान्न नसक्नुुका साथै खानेबानीमा आएको परिवर्तनका कारणले पनि चामल आयात हुने गरेको बताए ।
मसिनो र बास्नादार चामलको बढ्दो प्रयोगका कारण चामलको आयात बढेको उनको भनाइ छ । सरकारी तथ्याङ्कले धानको उत्पादन बढेको देखाए पनि बजारमा मिल सञ्चालनका लागि धान नपाउँदा आयात गर्नुु परेको उनले जानकारी दिए । उपभोक्ताले मसिनो जिरा बास्नादार चामलको उपभोग गर्ने हुुँदा पनि त्यसको आयात धेरै हुने गरेको उनको भनाइ छ ।
भन्सार विभागका अनुसार गत आव २०८०–०८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन हुुँदा नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपैयाँ बराबरको ८८ हजार ७२३ मेट्रिक चामल आयात भएको थियो । सो अवधिमा २० अर्ब ७५ करोड रुपैयाँको धान आयात भएको थियो । यस्तै आव २०७९–०८० मा ४९ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपैयाँ बराबरको दुुई लाख ३३ हजार ९७९ मेट्रिक टन चामल आयात भएको थियो ।
त्यसअघि आव २०७८–०७९ मा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएकोमा ३० अर्ब ५८ करोड २३ लाख ५६ हजार रुपैयाँ बराबरको पाँच लाख ७८ हजार ७६३ मेट्रिक टन चामल आयात भएको विभागको तथ्याङ्क छ । नेपालमा भियतनाम, थाइल्यान्ड, भारत, चीन, कोरिया, इटाली, भुुटान, ताइवान लगायतका मुलुकबाट चामल आयात हुने गर्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं