हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले छ । मध्य र पश्चिम तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेशम आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यस्तै आज मधेश प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै आज बागमती प्रदेश आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यसैगरी गण्डकी प्रदेशमा आज आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशमा आज आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।
त्यसैगरी कर्णाली प्रदेशमा आज आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।
देशका केही स्थानमा आउँदो सोमबार (पुस २२) पानी पर्ने सम्भावना छ । पश्चिम नेपालका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । यी तीनै प्रदेशका एक–दुई स्थानमा पानी पर्न सक्ने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार, उक्त दिन यी प्रदेशमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ ।
त्यससँगै हल्का हिमपात र वर्षाको सम्भावना रहेको उनले बताए । ‘हिजो र आजलाई सफा छ, भोलि सोमबार हल्काफुल्का वर्षाको सम्भावना हो,’ उनले भने, ‘त्यो पनि एक–दुई स्थानमा हो, धेरै होइन ।’ पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना देखिएको हो । वर्षाको मजबुत सम्भावना भने नरहेको उनले स्पष्ट पारे । उनले भने, ‘बादल लाग्छ, बादल लागेपछि एक–दुई स्थानमा पानी पर्न सक्छ । सोमबार हिमाली र उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना छ ।’
पानी पार्ने त्यो ठूलो प्रणाली नरहेको उनले जानकारी दिए । त्यसको प्रभाव पनि धेरै हुँदैन । त्यस दिन काठमाडौंमा वर्षाको सम्भावना छैन । ‘काठमाडौंमा (वर्षाको) सम्भावना छैन, ठूलो सिस्टम होइन । अलिअलि बादल देखिन सक्छ,’ उनले भने, ‘मंगलबारलाई अहिले भन्न मिल्दैन । बादलको स्थिति परिवर्तन हुनसक्छ । भोलि (आइतबार) बिहानको बुलेटिनमा आउँछ ।’ महाशाखाले दैनिक रूपमा तीनदिने मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै आएको छ ।
पढ्नोस्, आज र भोलिको मौसम पूर्वानुमान :
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं