सूचनाको शक्ति - The Power Of Information

        

पाँच एसएसपी डीआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीमा जनपथ प्रहरी समूहतर्फ पाँच वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बिहीबारको बैठकले बढुवा सिफारिस गरेको हो । सिफारिस हुनेमा ईश्वर कार्की, राजेन्द्रप्रताप भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया छन् ।

प्रकाशित मिति : १८ पुष २०८१, बिहीबार २१:२०

लोकप्रिय