नयाँ वर्षसँगै स्विट्जरल्याण्डमा सार्वजनिक स्थलमा हिजाब, बुर्का वा अन्य कुनै पनि माध्यमले अनुहार छोप्न प्रतिबन्ध लागेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अखनुसार हिजाब र बुर्का लगाएरमा १००० स्विस फ्र्याङ्क अर्थात् करिब १ लाख ५३ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।
सन् २०२१ मा स्विजरल्याण्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए । यसपछि बुर्कामाथि प्रतिबन्ध लगाउने कानुन बनेको हो, जुन १ जनवरी २०२५ बाट लागु भएको छ । स्विट्जरल्याण्ड भन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्याण्ड र बुल्गेरियामा पनि यस सम्बन्धमा कानुन बनिसकेको छ ।
यो कानुन लागेपछि सार्वजनिक कार्यालय, सार्वजनिक यातायात, रेष्टुरेन्ट, पसललगायत सार्वजनिक स्थानमा महिलाले अनुहार पूरै ढाक्न पाउने छैनन् । सन २०२२ मा स्विस संसदको तल्लो सदन राष्ट्रिय काउन्सिलले अनुहार छोप्न प्रतिबन्ध लगाउने कानूनमा मतदान गरेको थियो । यस समयमा १५१ सदस्यले पक्षमा र २९ सदस्यले विपक्षमा मतदान गरेका थिए ।
त्यसपछि यस सम्बन्धमा कानुन बन्न सहज भएको थियो । यो प्रस्ताव दक्षिणपन्थी स्विस पिपुल्स पार्टी (एसपीपी) ले राखेको थियो, जबकि केन्द्र र ग्रीन पार्टीहरू यसको विरोधमा रहेका थिए । कतिपयले यो कानुनले मुस्लिम महिलालाई अनुचित रूपमा लक्षित गरेको बताएका छन् ।
यस कानूनलाई समर्थन गर्नेहरूले यो सार्वजनिक स्थानहरूमा सांस्कृतिक मूल्य र सुरक्षाको लागि आवश्यक कदम भएको दाबी गर्छन् । लुसर्न युनिभर्सिटीले २०२१ मा गरेको अनुसन्धान अनुसार स्विट्जरल्यान्डमा सायदै कसैले बुर्का लगाउँछन् । सन २०२१ मा जम्मा ३० जना महिलाले मात्र हिजाब वा वुर्का लगाएको भेटिएको थियो ।
सन २०२१ को अनुसार स्विट्जरल्याण्डको ८.६ मिलियन जनसंख्याको लगभग ५ प्रतिशत मात्र मुस्लिमको आबादी रहेको छ, जसमध्ये अधिकांश टर्की, बोस्निया र कोसोभोबाट आप्रावासीको रूपमा स्वीजरल्याण्ड आएका थिए । यसअघि सन् २००९ मा जनमत संग्रहबाट मिनार निर्माणमा प्रतिबन्ध लगाइएको थियो । यो प्रस्ताव पनि एसपीपी पार्टीले राखेको थियो । यस प्रस्तावमा भनिएको थियो कि यी मीनारहरू इस्लामीकरणको संकेत हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जेनेभा