जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
आज दिउसो र राती बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्यत्र मौसम सामान्यतया सफा रहनेछ । तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य र यातायात सेवामा असर पर्नेछ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं