नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो । सरुवा अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे पुगेका छन् ।
काठमाडौं परिसरबाट छोटो समयमै सरुवा गरेर थन्क्याइएका एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई भरतपुर शिक्षालयमा पठाइएको छ । ललितपुर परिसरमा रहेका शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ ।
ललितपुर परिसरमा एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंलाई भने चलाइएको छैन । एसएसपी वसन्तबहादुर रजौरेलाई हटाएर आफू जान केही एसएसपीले दौडधूप बढाएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं