अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । कार्टरको १०० वर्षको उमेरमा निधन भएको उनको फाउण्डेशनले जनाएको छ । मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियास्थित घरैमा निधन भएको फाउण्डेशनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
कार्टरका छोराले उनलाई ‘हिरो’को संज्ञा दिएका छन् । कार्टर शान्ति, मानवअधिकार र निःस्वार्थ प्रेमको पक्षधर रहेको भन्दै परिवारले गरेको चर्चाबारेका तथ्य पनि समाचारमा आइरहेका छन् । कार्टरको निधनप्रति अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ‘सिंगो अमेरिका कार्टरप्रति ऋणि रहेको’ भनी प्रतिक्रिया दिएका छन् ।
यस्तै, कार्टरलाई सम्झिँदै पूर्व राष्ट्रपति बिल क्लिन्टनले भनेका छन्, ‘कार्टर अरुको सेवाका लागि जीउँथे ।’ कार्टर सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल राष्ट्रपतिका रुपमा ह्वाइटहाउस सम्हालेका थिए । उनी अमेरिकाको ३९औं राष्ट्रपति थिए । योसँगै उनी अमेरिकी इतिहासमा सबैभन्दा लामो आयु जीवित रहने राष्ट्रपति कहलिएका छन् । उनी एक सामान्य बदाम (मुमफली) किसानबाट मुलुकको राष्ट्रपतिसम्म बनेको भनी चर्चा भइरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं