सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका नौ जिल्लामा स्थापना हुँदै गुणस्तर परीक्षण प्रयोगशाला

कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका छन् । चालु आर्थिक वर्षभित्रमा ती जिल्लामा प्रयोगशाला स्थापना गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए ।

प्रयोगशाला सञ्चालन गर्न नौ जना प्रयोगशाला प्राविधिकको दरबन्दी सृजना गरेर प्रक्रिया प्रारम्भ भएको उहाँले जानकारी दिए । प्रदेश राजधानी सुर्खेतमा आर्थिक वर्ष २०७९–०८० मा प्रयोगशाला स्थापना भइसकेको छ । हाल उक्त प्रयोगशालाले कर्णालीका सबै जिल्लाको काम गर्दै आएको छ ।

वार्षिक रु २० लाख आम्दानी पनि भएको उनले बताए । प्रयोगशालामा बालुवा, सिमेन्ट, गिट्टी लगायत निर्माण सामग्रीको गुणस्तर परीक्षण हुनेछ । ढलान भएका संरचना, कालोपत्र गरिएका सडक, ढलान हुनुअघिको ‘बेस’ र ‘सव–बेस’को ‘डेन्सिटी’ परीक्षण पनि हुनेछ ।

प्रकाशित मिति : १४ पुष २०८१, आइतवार ०९:०३

लोकप्रिय