राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणा क्यान्सरलाई जित्न सफल भएका छन् । भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै आज आइतबार नेपाल फर्किने भएका छन् । उनले आज काठमाडौँ आइपुग्ने जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।
साथै उनले अब आफू नियमित काममा सरिक हुने पनि बताएका छन् । ‘तीन महिनाको लामो उपचारपश्चात् म निको भएको छु । आगामी दिनमा म मेरो पूर्वनिधारित कार्यक्रमहरूमा सरिक हुने नै छु । सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पूर्ण साथीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु । हजुरहरूको म प्रतिको शुभेच्छा कायम रहोस् ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं