पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सातवटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रविन्दु बनाएर तीन दशमलव सात म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रविन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेनामै चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रविन्दु भएर चार दशमलव सात म्याग्निच्युडको भूकम्प गयो ।
पुस ६ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्युडको भूकम्प जाँदा पुस ९ गते ९ बजेर २५ मिनेट जाँदा दार्चुलाको अपि हिमाल आसपास केन्द्रविन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रविन्दु बनाएर चार दशमलव दुई म्याग्निच्युडको भूकम्प गएको विभागले जनाएको छ ।
विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रविन्दु बनाएर तीन दशमलव सात म्याग्निच्युडको भूकम्प गएको हो । विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्निच्युुडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको जानकारको भनाइ छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं