सूचनाको शक्ति - The Power Of Information

        

आज पुस ११ गतेको राशिफल : कस्तो हुनेछ तपाईंको भाग्य ?

२०८१ पुस ११ गते, बिहीवार, २६ डिसेम्बर २०२४ । पौष कृष्णपक्ष एकादशी तिथि । स्वाती नक्षत्र, १८ः०२ बजेपछि विशाखा । चन्द्रराशि तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

छोटो समयमा मनग्य फाइदा हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । मिहिनेत गर्दा बिस्तारै उपलब्धि प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

केही पारिवारिक समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । बुद्धिको उपयोगले समस्या सुल्घनेछ । अरूलाई समेत आफ्नो पक्षमा ल्याउन सकिनेछ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम पनि सम्पादन हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । विवादास्पद काममा जुट्नुपरे पनि धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजा कमजोर देखिए पनि थप कामतर्फ उत्साहित भइनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । मानसम्मानमा बाधा पुग्नेछ । विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

काममा अरूको मुख ताक्नाले पछि परिनेछ । आँटले काम लिन नसकिएला । व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन् । आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ । अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ । आलोचकहरूलाई व्यवहारले समेट्नुपर्ला । समय लागे पनि प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ । सावधानीले फाइदा उठाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । विवादास्पद काममा जुट्नुपरे पनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । व्यापारमा फाइदा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । परिश्रमको फल प्राप्त हुने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ । व्यापार तथा साझेदारीमा फाइदा हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसर प्राप्त हुने समय छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

समस्या दोहोरिए पनि आँटेको काम सम्पादन हुनेछ । चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध हट्न सक्छ ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार ०६:५७

लोकप्रिय