हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं २ मुगु गाउँमा चौरी तथा याकहरू केही सातायता अज्ञात रोगले धमाधम मर्न थालेपछि कृषकहरू निकै चिन्तामा छन् ।
हिमाली क्षेत्रका स्थानीय नागरीकहरूको आयआर्जनको स्रोत तथा मुगु गाउँका स्थानीय नागरिकहरूको यातायातको साधन नै चौरी र याक भएको हुनाले पनि कृषकहरु बढी चिन्तामा छन् ।
चौरी र याकमा शुरुमा मुखबाट र्याल निकाल्ने, पातलो हरियो रङ्गको दिशा गर्ने, दिशामा हल्का रगत देखिने, घाँटी घ्यारघ्यार गर्ने, टाउको सुन्निने, घाँटी सुन्निने र एक ठाँउमा बसिरहने जस्ता लक्षण देखिने र २४ घण्टाभित्रमा याक तथा चौरीहरुको मृत्यु हुने गरेको छ ।
स्थानीय नजिकको सरकार मुगुम कार्मारोङ्ख गाउँपालिकाको पशु शाखाबाट कर्मचारी आए पनि कुनै प्रकारको औषधि उपलब्ध नभएको र अन्य सरोकारवाला निकायहरूबाट पनि चौरीको उपचारको लागि पहल नभएको देखिन्छ ।
याक र चौरीहरू यसरी नै मर्ने हो भने मुगालीहरू घरवारबिहीन हुने देखिन्छ । अहिलेको बजारमा प्रति ठूलो चौरी याकको मूल्य १ लाख २० हजारसम्म पर्छ । यो पटकको अज्ञात रोगले मुगुको मुगुगाउँका चौरी कृषकको ठूलो क्षति भएको मुगुम कामारोङ्ख २ मुगु गाउँका छोर्तेन लामाले बताएका छन् ।
अहिलेसम्म उपचारका लागि स्थानीय सरकार र जिल्लामा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयमा खबर गर्दा पनि कुनै निकायबाट सुनुवाइ नभएको मुगुम कार्मारोङ्ख मुगुगाउँका कार्मा छिरीङ्ख लामाले बताएका छन् । गाउँपालिकासँग भएको जनशक्ति र औषधिले मात्र समस्या समाधान नहुने अवस्था छ ।
चौरीहरूको स्वाव संकलन गरी ल्यावमा परीक्षणका लागि पठाउनुपर्ने भएकाले त्यसका लागि आवश्यक उपकरण जनशक्ति गाउँपालिकामा नभएकाले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाई सहयोग आग्रह गर्दै पत्र पठाएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द रावलले बताए ।
अहिले सम्म अन्दाजी १०० भन्दा बढी अज्ञात रोकबाट मरेको मौखिक खबर आएको छ । टोलीले एकिन डाटा र मर्नुको कारण पत्ता लगाउने पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका पशुपंछी विकास तथा उत्पादन शाखा मुगुका प्रमुख धनबहादुर बानियाँले बताएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मुगु