नेपाल एयरलाइन्सको चालु अवस्थामा रहेको एकमात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान ठप्प भएको छ । दुईवटा ट्वीनअटर चालु रहे पनि एउटा गएको जेठदेखि ग्राउण्डेड छ ।
आइतबादेखि अर्को ट्वीनअटर पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान पूर्णरुपमा ठप्प भएको हो । नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले विमानमा प्राविधिक समस्या आएकाले केही समयलाई ग्राउण्डेड भएको बताए ।
‘दुईवटा ट्वीनअटरमध्ये एउटा पहिल्यैदेखि ग्राउण्डेड थियो । अर्को जहाजको इन्जिनमा समस्या देखिएपछि ग्राउण्डेड भएको हो ।’ नेपाल एयरलाइन्सले केही प्रक्रियागत विषय मिलाउन बाँकी रहेको र त्यसपछि विमान मर्मत गरिने जानकारी गराएको छ । ग्राउण्डेड भएका अन्य जहाजको इन्जिनबाट काम चलाउन सकिन्छ कि भनेर पनि छलफल भइरहेको उनले बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं